पुष्पराज खतिवडा
मनहर्वा,कलैया उपमहानगरपालिका वडा नम्बर १६ मझौलियाले आफ्नो वडाभरिबाट कक्षा ९ र ११ कक्षामा अध्ययन गर्ने १०४ जना छोरीलाई साईकल वितरण गरेको छ ।

विद्यालय पढ्ने छोरीहरुको सहजता र छोरीको शिक्षालाई प्रोत्साहन गर्ने हेतुले साइकल प्रदान गरिएका वडा अध्यक्ष शेषनाथप्रसाद साहले जानकारी दिनुभयो । वडा कार्यालयको करिब ८ लाख रुपैंया बजेटबाट वडाबाट विद्यालयमा अध्ययन गर्ने १०४ जना किशोरीहरुको लागि साइकल किनेर वितरण गरिएको उहाँले बताउनुभयो ।वडा कार्यालयको बजेट भएपनि आवश्यक प्रक्रिया पुरागरी कलैया नगरपालिकाले साइकल खरिद गरेको हो । विभिन्न विद्यालयमा अध्यायनरत छोरी (छात्रा) हरुलाई वडाको २ स्थानमा कार्यक्रमको आयोजना गरि साइकल वितरण गरेको वडा अध्यक्ष साहले जानकारी दिनुभयो ।

उहाँले मझौलिया, दोहरी, सोननियरा, विद्यानगरका किशोरीलाई वडा कार्यालय मझौलियामा आईतवार बिहान र झिट्कैंयाका विद्यार्थीहरुलाई शनिवार झिट्कैंयामा सामान्य कार्यक्रमको आयोजना गरी साइकल वितरण गरिएको हो ।
कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, स्थानीय जनप्रतिनिधिहरु, पूर्वजनप्रतिनिधिहरु र स्थानीय अगुवाहरुको सहभागिता थियो ।

Leave a Reply