सिमरा,जीतपुरसिमरा उपमहानगर १६ डुमरवानामा दोस्रो वडाअध्यक्ष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । जीतपुरसिमरा १६ वडा कार्यालयको खेल मैदान डुमरवानामा दोस्रो वडाअध्यक्ष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक डुमरवाना विकास मञ्चले जानकारी दिएको छ ।प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहने जनाइएको छ । यही चैत्र २२ गते शुक्रवारबाट सुरु हुने उक्त प्रतियोगिता चैत्र २४ आइतवार समापन हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन भने दोस्रो हुने टोलीले ५० हजार नगद प्राप्त गर्ने आयोजक डुमरवाना विकास मञ्चका सचिव जितेन्द्र चौधरीले जानकारी दिनुभयो ।भलिबल खेलको प्रबर्धन, युवाहरुको खेलप्रति रुचि जगाउन र वडाका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक डुमरवाना विकास मञ्चका कार्यक्रम संयोजक प्रमोदप्रसाद चौधरीले जानकारी दिनुभएको छ ।


















