वीरगन्ज, २८ श्रावण २०७९ । वीरगन्जको गण्डक देखि मितेरी पुल सम्मको अतिक्रमणमा रहेको मेनरोड फराकिलो हुने भएको छ ।

त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक देखी मितेरी पुल सम्मको २५ गज दायाँ र २५ गज बायाँ सडक अतिक्रम हटाउन एक साता भित्र सडक बिभागले सूचना प्रकाशन गरीने भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले एक कार्यक्रममा बताए ।

सर्वोच्च अदालतले २५ गज (१ गज बराबर २.९८५५६ फिट) सडक विभागको क्षेत्रमा पर्ने भएकोले सडक अतिक्रमण हटाउन आदेश गरीसकेको मन्त्री राइले एक कार्यक्रमका विच बताएका छन् ।अतिक्रमण नहटाउदा विकासमा बाधा पर्न गएकोले यथासिघ्र अतिक्रमण हटाउन सडक विभागका महानिर्देशक अर्जुन जङ्ग थापा लाई निर्देशन समेत दिएका छन् । २०२१ सालमा नेपाल सरकारको अभिलेखमा ५० गज जग्गा मात्र सडक बिभागको रहेको उल्लेख भए बमोजिन आदेश भएको हो ।

वीरगन्जलाई ग्रामीण भेगसंग जोडने तिलावे पुलको उद्धाटन कार्यक्रममा मन्त्री राइले सम्बोधन गर्ने क्रममा त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डकदेखी मितेरी पुल सम्मको सडकको अतिक्रमण हटाइने बताए ।

उनले पर्साको भौतिक विकासमा बाधा नपुर्याई सहयोग गर्न आग्रह गर्दै लामो समयदेखी अदालतमा विचाराधिन सडकको मुद्दा फैसला भईसकेको अवस्थामा अब वीरगञ्जको भौतिक विकास कार्यलाई अगाडी बढाउन समबन्धित सबै पक्षलाई आग्रह गरे ।
वीरगन्ज पथलैयाको सडक अन्तर्गत पथलैया देखि परवानीपुर ६ लेन र परवानीपुर देखि गण्डक सम्म ४ लेन सडक बनिसकेको छ ।

भर्खरै निर्वाचित नगर प्रमुख राजेश मान सिहंले सडक बिस्तारको लागी पहल गर्ने प्रतिबद्धता गरेको हुनाले पनि अब बिरगंजमा अतिक्रमण हट्नेमा आफु बिश्वस्त रहेको बिरगंज १३ का वडा अध्यक्ष हिरा गिरिको दाबि रहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here