वीरगन्ज, श्रीलंकामाबाट आज अपरान्ह हुन गइरहेको नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हेर्नका लागि नै भनेर वीरगन्जमा बिद्यालय बन्द आह्वान गरिएको छ । वीरगन्ज महानगरपालिकाले सोमबार बिहान कार्यालय समय शुरु भएपछि एक सार्वजनिक सूचना जारी गर्दै नेपाल र भारतीचको खेललाई मध्यनगर गर्दै आज सोमबार दिउसो २ बजेबाट बिद्यालयमा बिदा दिइएको जनाएको हो । महानगपालिकाको शैक्षिक प्रशासन महाशाखाका हरिबहादुर राउतले सूचना जारी गर्दै आज दिउँसो २ बजेबाट बिदा दिइएको बताउनु भएको हो । बिद्यार्थीहरुमा देखिएको क्रिकेट मोह तथा उत्साहलाई ध्यानमा राखेर बिद्यालयमा बिदा दिइएको सूचनामा उल्लेख छ । श्रीलंका र पाकिस्तानमा संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कपमा नेपालले आज विश्व क्रिकेटको हस्ती भारतसँग खेल्न लागेको हो । खेल श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा दिउँसो सवा तीन बजे हुनेछ । यस खेल जित्ने टिम सुपर फोरमा पुग्ने भएकाले दुवैका लागि महत्वपूर्ण छ ।

 

Leave a Reply