जीतपुर,अबैध रूपमा बालुवा उतखनन गरिरहेको अवस्थामा बाराको जीतपुरबाट प्रहरीले एउटा टेक्टर नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी हबल्दारको नेतृत्वमा गएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियास्थित दुधौरा खोलाबाट प्र.२–०३–००१ त.२४९१ नम्बरको ट्रेक्टर नियन्त्रणमा लिएको हो । सो खोलाबाट अबैध रूपमा बालुवा उत्खनन भइरहेको सूचना पाएपछि प्रहरीले सो टेक्टर नियन्त्रणमा लिएर आवश्यक काराबाहीको लागि ईलाका प्रहरी कार्यालय जीतपुरको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम् प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

Leave a Reply