बारा । कोल्हबी नगर उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत १०० मतपत्रको गणना सम्पन्न हुँदा विभिन्न पदमा रोचक नतिजा आएको छ ।

अध्यक्ष पदतर्फ राम प्रसाद प्रसाईंले ५६ मत पाउँदै स्पष्ट अग्रता लिएका छन् । उनका प्रतिद्वन्द्वी प्रमोद साहले १२ मत मात्र ल्याउँदा लक्ष्मी प्रसाद साह कलवारले ३५ मत पाएका छन् ।

वाणिज्यतर्फ उपाध्यक्ष पदमा प्रेम नारायण चौधरीले ६९ मतसहित फराकिलो अन्तरमा अग्रता बनाएका छन् भने प्रहलाद साह तेलीले ३४ र कैलाश साह तेलीले ६ मत पाएका छन्। उद्योगतर्फ उपाध्यक्ष पदमा भने प्रतिष्पर्धा चर्किएको छ। बिनोद साहले ३८ मतसहित अग्रता लिएका छन् भने रमेश विश्वकर्माले ३३ र धनी शंकरले २५ मत ल्याएका छन्।

महासचिव पदमा हरिओम कुमार साहले ५५ मतसहित अग्रता बनाएका छन् भने शम्भु साह कलवारले ४४ मत पाएका छन्।
कोषाध्यक्ष पदमा प्रतिस्पर्धा निकै चर्को देखिएको छ। प्रेम कुमारी चौधरी ३८ मतसहित अघि छन् भने राजु लामाले ३३ र राजन कुमार जैसवालले २७ मत ल्याएका छन्।

सचिव पदमा बिरेन्द्र गुप्ता ५० मतसहित अग्रस्थानमा छन् भने सुनिल कुमार साह २४ र राजकुमार साह २३ मतसहित पछाडि परेका छन्।
उद्योगतर्फ सदस्य पदमा सुरेश कुमार दास ५० मतसहित अघि छन् भने सुबास मैनालीले ४४ मत ल्याएका छन्।

गणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

Leave a Reply