कोल्हबी, ०४ असोज । कोल्हबी नगर उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत हालसम्म ५० वटा मतपत्रको गणना सम्पन्न भएको छ । प्रारम्भिक परिणाम अनुसार विभिन्न पदमा प्रतिस्पर्धी उम्मेदवारबीच रोचक प्रतिस्पर्धा देखिएको छ ।

अध्यक्ष पदमा राम प्रसाद प्रसाईंले २९ मत ल्याएर अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी लक्ष्मी प्रसाद साह कलवारले १२ मत पाएका छन् भने प्रमोद साहले ७ मतमा सीमित भएका छन् ।

वाणिज्य तर्फ उपाध्यक्ष पदमा प्रेम नारायण चैधरी २४ मतसहित अग्रस्थानमा छन् भने प्रहलाद साह तेली २१ मतसहित पछ्याइरहेका छन्। कैलाश साह तेलीले ४ मत पाएका छन्।

उद्योग तर्फ उपाध्यक्षमा बिनोद साहले २२ मतसहित अग्रता लिएका छन्। रमेश बिश्वकर्माले १४ र धनी शंकरले १२ मत पाएका छन्।

महासचिव पदमा हरिओम कुमार साहले ३२ मतसहित स्पष्ट अग्रता लिएका छन् भने शम्भु साह कलवारले १७ मत पाएका छन्।

कोषाध्यक्षमा निकै चर्को प्रतिस्पर्धा देखिएको छ। प्रेम कुमारी चौधरी १७ मतसहित अलि अगाडि छिन् भने राजु लामा १६ र राजन कुमार जैसवालले १५ मत प्राप्त गरेका छन्।

सचिव पदमा बिरेन्द्र गुप्ता २२ मतसहित अगाडि छन्। राजकुमार साहले १४ र सुनिल कुमार साहले १२ मत ल्याएका छन्।

उद्योग तर्फ सदस्य पदमा सुरेश कुमार दास २४ मतसहित अग्रता लिएका छन् भने सुबास मैनाली २२ मतसहित नजिकै पछ्याइरहेका छन्।

समग्रमा हेर्दा प्रारम्भिक मतगणनाले अधिकांश पदमा कडा प्रतिस्पर्धा संकेत गरेको छ भने कतिपय पदमा अग्रता स्पष्ट देखिएको छ। बाँकी मतगणना अझै जारी छ।

Leave a Reply