कलैया,बाराको परवानीपुरस्थित पार्किङ गरी राखेको एउटा बसमा आगलागी भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्लाको परवानीपुर गाउँपालिका वडा नम्बर ५ सानो नौतनस्थित एउटा घर नजिकै पार्किङ गरि राखेको ना ६ ख ४९८१ नम्बरको बसमा आफै ब्याट्रीको तार सर्ट भई आगलागी भएको हो ।आगलागीबाट नजिकै रहेको घरको झ्याल र ढोका समेत जलेको थियो । आगलागीमा बस र घर जलेर ५१ लाख ८५ हजार रूपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । इलाका प्रहरी कार्यालय प्रसौनीको टोली, स्थानिय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

Leave a Reply