कृपा संवाददाता 
वीरगन्ज,११ माघ ।  नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखाको बैठक शनिबार सम्पन्न भएको छ । पत्रकार महासंघ पर्साका सभाहलमा शाखाका अध्यक्ष बिजय चौहानको अध्यक्षतामा बसेको बैठकले  आउदो फागुन १६,१७ र १८ गते  प्रदेशस्तरीय अधारभुत फोटो पत्रकारिता तालिम वीरगन्जमा आयोजना हुने निर्णय गरेको छ ।
 
नेपाल फोटो पत्रकार महासंघ र नेपाल पत्रकार महासंघको निर्णय अनुसार प्रदेश स्तरीय तालिम आयोजना गर्ने थालिएको हो । बैठकमा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने ,पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा , सचिव युवराज खडका ,नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मी ,प्रशिक्षण बिभाग प्रमुख कृष्ण गिरि , नेपाल फोटो पत्रकार महासंघ पर्साका सचिव तिवारी यादव लगायतको उपस्थिति रहेकोे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here