हेटौंडा, ३१ भदौं । हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित सडक खण्डमा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ।
दुर्घटनामा परि चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घाइतेलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिरहेको छ र थप विवरण आउन बाँकी छ।

















