नेपालमा अहिले विद्युत कटौति गरिएको छैन भनिन्छ । नेपालले भारतबाट बिजुली आयात गर्छ भने बिक्री पनि गर्छ र तेश्रो देश बंगलादेशमा समेत यसै वर्षबाट बिजुली निर्यात शुरु गरेको छ । करिब दश वर्ष अगाडिसम्म नेपालले चर्को लोडसेडिंग बेहोरेको थियो । विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङ्ग नियुक्त भएपछि त्यतिबेला नेपालमा करिब १८ घण्टासम्म लगातार हुने गरेको लोडसेडिंग अन्त्य भएको थियो । आम नागरिकहरुको सवालमा त अहिले मात्र होइन धेरै वर्ष नै भइसक्यो लोडसेडिंग मुक्त भएको ।

तर, वीरगञ्ज पथलैया औधोगिक क्षेत्रमा भने यो समस्या कायम रहेको कुरा बाहिर आएको छ । बारा र पर्सामा पर्ने यो स्थानमा सयौं उद्योग छन् र हजारौं मजदुरहरुले रोजगारी पाएका पनि छन् । उद्योगका कारण धेरैको चुल्हो बलेको मात्र छैन, देशको राजश्वमा समेत ठूलो टेवा पुगेको छ । अब यही क्षेत्रमा विद्युत कटौति भयो भने यसले धेरै असर गर्नेछ ।
लोडसेडिंगको समयमा त यो क्षेत्रका उद्योगहरुले निकै समस्या झेल्न परेको हो । उत्पादनमा पनि असर गरेको थियो र केही उद्योग त लोडसेडिंगका कारण बन्द पनि भए । र उद्योगबाट केही मजदुर पलायन पनि भए । यसले देशको आर्थिक अवस्थामा पनि निकै असर गरेको छ । त्यसैले पनि विद्युत कटौती अब हुनुहुदैन । यसले आर्थिक रुपमा निकै ठूलो क्षति गर्नेछ । त्यसैले पनि अब औद्योगिक क्षेत्रमा विद्युत कटौति गर्न हुदैहुदैन ।

 

Leave a Reply