निजगढ,नेकपा एमालेको भातृ संघठनको रुपमा रहेका रिटर्नी फेडेरेशन नेपाल निजगढ नगर कमिटीको शनिवार भएको भेलाले निर्मल बजगाईको अध्यक्षतामा १५ सदस्य नगर कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा मानबहादुर योन्जन, सचिवमा प्रवीण उप्रेति, कोषाध्यक्ष दिपक घिमिरे र उपसचिवमा अन्जली स्याङ्गतान रहेका छन । त्यसैगरी सदस्यहरुमा नुरप्रसाद अधिकारी, भरत खडका, प्रवेश शर्मा, माधव खनाल, धनबहादुर घ्यावा, रामकुमार मोक्तान, अर्जुन सापकोटा, अशोक सापकोटा, हरि लामा र गोविन्द थापा चयन हुनुभएको छ । कमिटीमा २ जना पछि थप गर्ने निर्णय भएको अध्यक्ष बजगाईले जानकारी दिनुभयो ।

नेकपा एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा भएको सो भेलामा एमाले पोलिटब्युरो सदस्य ज्वाला साह र फेडेरेशनका केन्द्रीय उपाध्यक्ष रामकृष्ण घिमिरे एमाले नगर अध्यक्ष सुरथ पुरीले बोल्नु भएको थियो । कार्यक्रममा बोल्दै एमाले पोलिटव्युरो सदस्य पौडेल र साहले एमाले पार्टीले मात्रै देश र जनताको पक्षमा काम गर्ने भएकोले आगामी निर्वाचनमा एमाले उम्मेदवारहरुलाई विजयी तुल्याउन आग्रह गर्नुभयो । उहाँले एमाले विरुद्ध सत्तारुढ दलहरुले मोर्चाबन्दी गरिरहेकोले एमाले कार्यकर्ताहरुले पनि एकतावद्ध बनेर अगाडि बडनु पर्ने बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष घिमिरेले फेडेरेशनले हाल देशव्यापी रुपमा संचालन गर्दै आएको गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको संचालन केन्द्रीय सदस्य एंव मधेस प्रदेश इन्चार्ज थानेश्वर सापकोटाले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ दर्जनभन्दा बढी वैदेशिक रोजगारीबाट फर्केकाहरु नेकपा एमालेमा प्रवेश गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here