बिदुर खडका
डुमरवाना,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानास्थित डुमरवाना क्याम्पसको ८औं क्याम्पस सभा आइतवार सम्पन्न भएको छ ।सभालाई प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले पोलिटब्युरो सदस्य ज्वाला साहले पानसमा बत्ति बालेर उद्धाटन गर्नुभएको थियो ।सभामा कलेज प्रमुख राधेश्याम सिवाकोटीले क्याम्पसको गतिविधिमाथि प्रकास पार्नुभएको थियो ।सभाका वक्ताहरुले कलेजमा विद्यार्थीहरुको संख्या वृद्धि गरेर कलेजलाई आत्मानिर्भर बनाउनेतर्फ सबै तहबाट सहयोग आवश्यक भएको बताएका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, नारायणी रायमाझी, इद्रिस मिया, प्रविन काफ्ले, वडा अध्यक्षहरु, स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो । राजु अधिकारीले संञ्चालन गरेको सभाको अध्यक्षता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अनिल मैनाले गर्नुभएको थियो ।



















