काठमाडौं । आईसीसी टी–२० क्रिकेट विश्वकप २०२२ को विजेताले १.६ मिलियन (१६ लाख) अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि विजेतासहित अन्य टिमले पाउने पुरस्कार रकम घोषणा गरेको हो । जसमा विजेताले १.६ मिलियन पाउने छन् ।

यस्तै उपविजेताले विजेताले पाउने भन्दा आधा अर्थता ८ लाख अमेरिकी डलर पाउने छन् । सेमिफाइनल पुग्ने दुवै टोलीले ४–४ लाख अमेरिकी डलर पाउने छन् ।

टी–२० विश्वकपको कुल पुरस्कार राशी ५.६ मिलियन (५६ लाख) अमेरिकी डलर रहेको छ ।

Leave a Reply