डुमरवाना,जीतपुरसिमरा उपमहानगरपालिकास्थित संङ्गालो बचत तथा ऋण सहकारी संस्थाले लकडाउनका कारण हातमुख जोडन नसकेर समस्यामा परेका विपंन्न समुदायमा खाद्यान्न वितरण गरेको छ ।

सहकारीको १० औं स्थापना दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ नसिब टोलका ५ परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो । कोरोना संक्रमणको चेनब्रेक गर्न भन्दै जारी लकडाउनका कारण रोजगारी गुमाएर हातमुख जोडन समस्यामा परेका परिवारको उद्धारमा स्थानीय सरकार र जनप्रतिनिधिहरुले चासो नदिएको गुनासो बढिरहेको बेला सहकारीले राहत वितरण गरेको हो । सहकारीले प्रतेक परिवारमा ८,१० दिनसम्म पुग्ने खाद्यान्न सामग्री सहयोग गरेको सहकारी संस्थाका अध्यक्ष सालिकराम अधिकारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here