बाराको निजगढमा नदी फर्काउन भनेर बकैया खोलाको पुलमुनि च्यानलाइज ड्याम बनाउन शुरु गर्दा यसरी खोलो पश्चिमतर्फ फर्किएला भनेर कतिपयलाई विश्वास लागेको थिएन् । तर, धेरैले पत्याउन नसकेको त्यही काम यस पटक नगरपालिकाले गरेको पाइएको छ ।अब निजगढको बाढीको समस्या स्थायी रुपमा समाधान हुनुर्पछ । नगरपालिकाले निर्माण गरेको च्यानलाइज ड्यामका कारण यतिबेला बकैया खोलाको बाढी पश्चिमी किनारा भएर बग्न थालेको छ र अब यसले यही धार समत्यो भने राहत पक्कै हुनेछ तर खोलाको बाढीको कुरा हो । यसै भन्न सकन्न ।

पछिल्ला वर्षहरुमा बकैया खोलाको धार परिवर्तन भएर पूर्वपश्चिम लोकमार्गस्थित बकैया पुलको पक्की ड्याम र निजगढको आर्यघाटसहित आवादी क्षेत्रमा समेत जोखिम बढेपछि निजगढ नगरपालिकाले गत असार २२ गतेबाट नदी नियन्त्रणको काम शुरु गरेकोमा यसले एक हदसम्म सार्थक रुप अवश्य नै लिएको छ ।

पालिकाले भाडाका ३ वटा एक्साभेटर, टिपर र लोडर प्रयोग गरेर बकैया पुलमुनि खोलाको बीच भागबाट उत्तर–दक्षिण झण्डै ६ सय मिटर च्यानलाइज ड्याम निर्माण गरेको छ । २ हप्ता लगाएर गरिएको सो ड्याममा निर्माणमा स्थानीय व्यवसायीहरुले नगरपालिकालाई टिपर र लोडर निःशुल्क उपलब्ध गराएका थिए । यसले स्थानीयहरुको पनि यसमा चासो रहेको पाइन्छ । त्यसैले पनि यस्ता समस्याहरु स्थायी रुपमा समाधान भए, सबैका लागि फाइदा हुनेछ ।

Leave a Reply