काठमाण्डौ,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि कारागार फर्केका छन् । जेनजी आन्दोलनका क्रममा रिहा हुनुभएका उहाँ शनीवार आफै घोषणा गर्दै कारागार जानुभएको हो ।लामिछानेलाई रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले कारागारसम्म सँगै गएर साथ दिनुभएको छ । लामिछानेले फेसबुक लाइभमा बोल्दै आफ्नो जन्मदिनमा कारागार जान लागेको बताउनुभएको थियो ।आफ्नो कारणले देशभरका कैदीहरु जेलबाट भागेको भनेर बदनाम गर्न खोजिएको उहाँले दुःखेसो समेत पोख्नुभयो ।

Leave a Reply