सिमरा,जीतपुरसिमरा नगर स्तरीय अन्तर विद्यालय शब्द ज्ञान प्रतियोगिता सम्पन्न भएको छ ।उपमहानगरपालिकाको नगर कार्यपालिकाको सहयोगमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छातापिपराले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मको माध्यमिक तहमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा प्रथम भएको छ ।
त्यसैगरी जनता माध्यमिक विद्यालय रजघट्टा द्धितीय र सरस्वती माध्यमिक विद्यालय इनर्वासिरा तृतीय भएको छ । आधारभूत तह अन्तर्गत कक्षा ६ देखि ८ सम्ममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रथम, राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन द्धितीय र एकता स्कुल सिमरा तृतीय भएको छ ।
यस्तै आधारभूत तह अन्तर्गत कक्षा १ देखि ५ सम्ममा राष्ट्रिय विभूति शिक्षा सदन डुमरवाना प्रथम, एक्स सर्भिसमेन एकेडेमी सुन्दरवस्ती द्धितीय र जनता माध्यमिक विद्यालय रजघट्टा तृतीय भएको छ ।प्रतियोगिता विजेता तथा उपविजेता विद्यार्थीलाई उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख शिवजी प्रसादलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १३ वटा सामुदायिक र ९ वटा निजी विद्यालयका छात्रछात्रा सहभागी थिए ।


















