बारा भौगोलिक रुपमा समान जिल्ला छैन । फरक भूगोल, फरक समुदाय अनि फरक रीतिरिवाज यो जिल्लाको विशेषता हो ।बारामा शान्ति सुरक्षा पनि बलियो हुनुपर्ने हो तर बेला बेलामा खस्किएको पाइन्छ । यसो हुनुमा सुुरक्षाको जिम्मा लिने निकायको पनि कमजोरी रहनसक्छ । सुरक्षा निकायको मुख्य पात्र भनेकै प्रमुख जिल्ला अधिकारी हुने नै भयो ।

बारामा जो सिडियो भएर आएपनि शुरुमा पत्रकार सम्मेलन हुने परम्परा छ नै र हालै बारामा प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुभएको प्रकाश पौडेलले पनि बाराको सुरक्षा ब्यवस्था लगायतका विषयमा कुरा गर्नुभएको छ । सिडियो सापले सुरक्षाको कुरा गर्नु स्वभाविक पनि हो ।

बारामा आउने जो भएपनि प्रजिअबाट शान्ति सुरक्षा अमन चयन कायम होस् भनेर जिल्लाबासीले चाहना राख्ने नै हो । अन्य खासै स्वार्थ हुँदैन । सामान्य नागरिकका लागि त फेरि सिडियो जो आएपनि गएपनि खासै चासोको कुरा हुने पनि भएन । तैपनि आफ्नो जिल्लामा को सिडियो छ भनेर जिल्लाबासीले पनि हेक्का चैं राख्नुपर्दछ ।
त्यसैले प्रमुख जिल्ला अधिकारीले भन्नुभए जस्तै बारामा शान्ति सुरक्षा बलियो होस् जिल्लाबासी यही नै चाहन्छन् ।
फेरि बारामा अलिक फरक अवस्था पनि छ । कहिलेकाँही पद र पहुँचकै आधारमा सर्वसाधारणलाई दुःख पनि दिइन्छ र राजनीतिक हिसावले प्रशासनलाई पनि घेराबन्दी गर्ने प्रयास हुन्छ । यस्तोमा सचेत बन्नुभयो र बच्नुभयो भने प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको बाराको बसाँइ उपलब्धीमुलक हुनेछ र जिल्लामा शान्ति पनि कायम हुनेछ ।

Leave a Reply