सरकारी तथ्यांक अनुसार गएको आर्थिक वर्षमा नेपालबाट नौं लाख युवाहरु बैदेशिक रोजगारीको शिलशिलमा विभिन्न देशमा गएका छन् । युवाहरु बिदेशिने क्रम भने हरेक आर्थिक वर्षमा बढिरहेको छ । गएको आर्थिक वर्षमा पनि यो संख्या बढेको सरकारीहरुको तथ्यांकले बताउछ ।त्यसो त नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वांगको निधन भएको तीन दिनपछि बिहीवार अन्तिम संस्कार हुदैछ । यसो हुुनुमा सुवासका छोराहरु नेपालबाहिर रहेर पनि हो ।सुवासका दुईभाइ छोरा नै बाहिर भएकाले उनीहरु आउन नै ढिला भएपछि पनि नेम्वांगको अन्त्यष्टी पनि ढिला भएको हो । मृृत्युअघि सुवासका छोराहरु कहाँ थिए कसैले पनि चासो दिएका थिएनन् । दिन आवश्यक पनि थिएन । तर, जब छोराहरुको आवश्कयता पर्यो उनीहरु बिदेशमा रहेको खुल्यो । नेपालका नेताहरुले आफ्ना छोराहरुलाई देशमा राख्न चाहदा रहेनछन् भन्ने उदाहरण चै. देखियो ।अब यहाँनिर सुवासका छोराहरु के आर्थिक अवस्था कमजोर भएर नै बिदेश गएका हुन त ? अथवा के उनीहरुलाई बिदेशिनु पर्ने बाध्यता थियो त ? जे भएपनि उनीहरुका कारण लाश दुई दिन त यसै बस्यो । यो नेपालीहरुको अहिलेको धेरै घरको समस्या पनि हो । केही राजनीतिक दलले युवा बिदेशिएको भन्दै यसको रोकथाम जरुरी रहेको भनेर चर्का भाषण गरेको सुनिन्छ वास्तवमा नेपालमा युवाहरु एकाध बाहेक सबै रहरले बिदेशिएका हुन् भन्ने नै देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here