हेटौंडा – बागमती प्रदेशको पशुपंछी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले चालु आर्थिक वर्षमा किसानहरुका लागि विभीन्न कार्यक्रम ल्याएको छ । निर्देशनालयले मत्स्य विकासको यान्त्रिकीकरण पोखरी निर्माणमा ७५ प्रतिशत अनुदान किसानका लागि दिने भएको छ । चालु आर्थिक वर्षमा यो कार्यक्रमका लागि ५ करोड रुपैयाँ छुट्याएर काम गर्न लागिएको निर्देशनालयका अधिकृत विराम बोहोराले जानकारी दिनुभयो । सवै रकम यसमा खर्च हुन नसकेमा अन्य अनुदानमा खर्च गर्न सकिने वताइएको छ ।

 

 

 

 

 

निर्देशनालयले पशुपान यान्त्रिकरणमा पचहत्तर प्रतिशत अनुदान दिने भएको छ । यसमा उत्पादन, प्रशोधन तथा वजारिकरण सम्वन्धी मेशीनरीका लागि अनुदान दिन लागिएको अधिकृत बोहोराले वताउनुभयो । एक करोड रुपैयाँको यो वर्ष अनुदान दिन लागिएको हो । यसका लागि काम भइरहेको छ । यसैगरी निर्देशनालयले पाडा पाडी हुर्काउने कार्यका लागि पनि ७५ प्रतिशत अनुदान दिने भएको छ । भैसीका पाडा पाडी हुर्काउनका लागि चितवन, मकवानपुर, सिन्धुपाल्चोक लगायतका जिल्लामा काम गर्नका लागि ३० लाख रुपैयाँमा चालु आर्थिक वर्षमा काम गर्न लागिएको उहाँले वताउनुभयो ।

 

 

 

 

 

 

 

यसैगरी कृषक समुह, सहकारी र निजि क्षेत्रसंग साझोदारीमा पशु आहार उद्योग स्थापना गर्न ५० प्रतिशत अनुदान दिएर काम गर्न लागिएको छ । यसका लागि निर्देशनालयले २ करोड रुपैयाँ अनुदान दिन लागेको हो । यसैगरी नमुना डेरी तथा प्रशोधन प्लान्ट(क्याटवरी र चकलेट सहित निर्माणमा सहकारी र निजि क्षेत्रलाई ५० प्रतिशत अनुदान दिएर काम गर्न लागिएको बोहोराले जानकारी दिनुभयो ।

Leave a Reply