बिश्व राजनीति दुई धुब्रमा नै छ । जसले जे भनेपनि बिश्वको राजनीति अनि व्यापारपनि अमेरिका र चीनकै वरपर घुम्ने हो । यसैका आधारमा बिश्व चल्ने नै हो । दुई फरक धुब्रमा रहेका देशहरुकाबीचमा बेला बेलामा ठूलै वाक युद्ध हुने मात्र गर्दैन रणनीतिक युद्ध त अहिले पनि चलिरहेको छ ।यसैको सेरोफेरेमा चीनले बिश्वका शक्तिशाली देशका प्रमुखहरुलाई आफ्नो देशमा बोलाएर अघोषित रुपमा अमेरिकलाई ठूलो दनक दिएको छ । झट्ट हेर्दा यो केही होइन जस्तो देखिएपनि बिश्व राजनीतिमा भने यसको अर्थ ब्यापक छ ।
उता, अमेरिकाका राष्ट्रपति डोनाल्ड टम्पले घरी चीनमाथि कर थोपारेको कुरा गर्छन् त घरी भारतमाथि । यस्तोमा भारत सहितका धेरै देशका प्रमुखहरुलाई चीनले बोलाएर एक खालको शक्ति प्रदर्शन गरेको छ । यसले अमेरिका सोच्न बाध्य पनि भएको छ । अहिले मुख्य त अमेरिकाको चीन तथा भारतसंग व्यापार युद्ध नै चलिरहेको छ भन्दा फरक पर्दैन । विशेषतः डोनाल्ड टम्प आएपछि बिश्वमा व्यापारमा मात्र होइन धेरै कुरामा हलचल पैदा भएको छ र उनले गराइरहेका पनि छन् ।
नेपाल जस्तो देशको त सहभागिता उसका लागि ठूलो कुरा हो नै । नेपालकाप्रधानमन्त्री सहितका टोली पनि चीनको निमन्त्रणमा उतै छ । त्यो टोली आज नेपाल फर्कदैछ । नेपालले जे भनेपनि नेपालको कुरा हालै सुनुवाइको संभावना त छैन नै तैपनि नेपालले कुरा उठाएको भए त ठीकै हो नै । तर चीनले चैं विशेषगरी अमेरिकालाई ठूलै झापड हानेको चै छ ।














