निजगढ, १८ कार्तिक– निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जयराम कुवरले वडा नम्बर ४ मा रहेका युवा र विद्यार्थीहरुको चौतर्फी विकासको लागि काम गर्न आफु सधै तत्पर रहेको बताउनुभएको छ ।
वडा कार्यालयले मंगलबार बिहान निजगढ नगरपालिका वडा नम्बर– ४ स्थित पोखरी रिसोर्टमा आयोजना गरिएको ‘युवा÷विद्यार्थीसंग वडा अध्यक्ष’ कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । ‘निर्वाचन जितेर आए लगत्तैबाट काम शुरु गरिदै अाइएको छ, अध्यक्ष कुँवरले भन्नुभयो, आगामी दिनमा पनि स्थानीय युवा र विद्यार्थीहरुको लागि थप सहयोग गर्न चाहेका छौं ।’
उहाँले आजका युवा समाजमा भोलिको कर्णधारको रुपमा रहेको भन्दै विद्यार्थीहरुले शिक्षा र ज्ञान हासिल गर्न ध्यान दिनु पर्ने बताउनुभयो । अध्यक्ष कुँवरले युवा÷विद्यार्थीले अध्ययनसंगै सामाजिक कार्यमा पनि चासो राख्नु पर्ने बताउनुभयो । ‘अध्ययनसंगै अतिरिक्त क्रियाकलापमा पनि सरिक हुने गर्नु पर्छ, उहाँले सुझाव दिदै भन्नुभयो, विद्याथीले चौतर्फी विकासको लागि साहित्य, कला, खेलकुद जस्ता क्षेत्रमा पनि सहभागी हुन्ु पर्छ ।’ वडा अध्यक्ष कुँवरले कार्यालयबाट भएका गतिविधिहरुको जानकारी लिएर आवश्यक सल्लाहा र सुझाब दिनसमेत युवा विद्यार्थीसंग अनुरोध गर्नुभएको थियो ।
कार्याक्रममा कोल्हवी नगरपालिका कार्यालयका अधिकृत एंव स्थानीय बासिन्दा अजय उप्रेती र निजगढ नगरपालिका वडा नम्बर ८ का शिक्षक लोकबहादुर खुलालले व्यक्तित्व विकास र सफलताको लागि युवा, विद्यार्थीहरु निर्वाहा गर्नु पर्ने भुमिकाको बारेमा बोल्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा अर्का शिक्षक रमेश रसिक र चिकित्साशास्त्र अध्ययन गरिरहेका स्थानीय विद्यार्थी प्रभाकर तिमल्सिनाले कविता र मुक्तक वाचन गरेर सुनाउनुभएको थियो । सहभागीकोतर्फबाट विद्यार्थी जलन चौलागाई र आस्मा ठाडामगरले गाउँको चौतर्फी विकासकोलागि वडा कार्यालयले हालसम्म संन्तोषजनक काम गर्दै आएको भन्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्न कार्यक्रममा सुझाव दिनुभएको थियो ।
कार्यक्रममा वडाभित्रबाट कक्षा १२ भन्दा माथिल्लो तहमा अध्ययन गरिरहेका विद्यार्थी र युवा गरी वडाका करिव ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन चन्दन कुवरले गर्नुभएको थियो ।