निजगढ,निजगगढ नगरपालिका पछिल्लो समय फुटबल खेलको उर्वर भूमि साबित हुँदै गएको छ ।केही वर्ष अघिसम्म स्थानीय स्तरमा मात्र सिमित यहाँका महिला र पुरुष फुटबल खेलाडीहरु अहिले धमाधम राष्ट्रिय टोलीमा पर्न थालेका हुन्।पछिल्लो पटक निजगढ–७ की अनु माझीर सृजन गौतम राष्ट्रिय टोलमा पर्न सफल भएका हुन । माझी साफ यु–१७ महिला फुटबल च्याम्पियनसिपको २३ सदस्यीय टोलीमासमावेश भएकी छिन । अखिल नेपाल फुटबल सङ्घ, एन्फाले एक साताअघि मात्रै घोषणा गरेको टोलीमा निजगढकी माझी पनि परेकी हुन ।
माझीले दक्षिण एसियाली फुटबल महासङ्घ साफको आयोजनामा भुटानमा यही अगस्ट २० देखि ३१ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालको तर्फबाट खेल्नेछिन्।प्रतियोगितामा नेपालसहित आयोजक भुटान,भारत र बङ्गलादेशको सहभागिता रहनेछ । माझीले निजगढ फुटबल क्लबबाट खेल्न शुरु गरेकी हुन्।क्लबले निजगढ–९ स्थित शहीद हिरालाल गौतम रंगशालामा स्थानीय खेलाडी छनौट गरि नियमितरूपमा प्रशिक्षण दिदैआएको छ ।निजगढ– ५ का सिर्जन गौतम भने यसअघि नै पुरुष राष्ट्रिय टोलीमा परिसकेका छन्।हाल उनी बन्द प्रशिक्षणमा छन । त्यसैगरीनेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड समीर तामाङ पनि निजगढकै उत्पादन हुन ।
निजगढ–८ कातामाङ २ वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्दैआएका छन ।त्यसैगरी निजगढ– ४ का जन्मेय धामी,यु–२० महिला फुटबल टोलीकी गोलरक्षक करुणा बुढाथोकी, यु–१७ नेपाली महिला फुटबल टोलीबाट खेलिसकेकी दिलमाया घिसिङ र यु–१६ नेपाली फुटबल टोलीबाट खेलेका हेमन्त माझी निजगढ फुटबल क्लबका उत्पादन हुन् ।


















