वीरगन्ज,जिल्ला प्रहरी कार्यालय पर्साले बाराका दुईजनालाई हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ८ को वीरगन्ज पब्लिक कलेज नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले बाराको पसौनी गाउँपालिका वडा नम्बर ६ का २६ बर्षीय शिव आनन्द गुप्ता र वीरगन्ज महानगरपालिका वडा नम्बर १९ का १९ बर्षीय प्रकाश जैसवाललाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ५३ लाख ८० हजार रुपैयाँ नगद समेद बरामद भएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाँण्डले जानकारी दिनुभयो । सुरुमा झोलाबाट २४ लाख र पछि शिवआन्दनको कोठामा गएर खानतलासी गर्दा २९ लाख ८० हजार रुपैयाँ बरामद भएको पनि प्रहरी उपरीक्षक पाँण्डेले जानकारी दिनुभयो । यसैबीच प्रहरीले विभिन्न समयमा बरामद गरेको सामान वीरगन्ज भन्सार कार्यालयलाई बुझाएको छ । वीरगंजको ईनर्वा, भकुवा, छपकैया, सिर्सिया र नगवा लगायतका नाकाबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको कुर्ता सुरुवाल, साडी लगायतका सामाग्री बिहिबार वीरगन्ज भन्सार कार्यालयमा बुझाएको प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो । विभिन्न नाकाबाट बरामद गरेको करीब ४ लाख ६ सय मुल्य बराबरको लत्ता कपडा लगायतका सरसामन आवश्यक कारबाहीका लागि वीरगज्ज भन्सार कार्यालयमा बुझाइएको खनालले जानकारी दिनुभयो ।

Leave a Reply