कलैया,बाराको फेटा गाउँपालिकाले पालिकाभित्र लाग्ने झण्डी मेलाको अवसरमा भोलि मंगलवार स्थानीय बिदा दिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले सोमवार एउटा सूचना जारि गर्दै पालिकामा स्थानीय बिदा दिएको जनाउनुभएको छ । ओझाद्वारा जारी सूचनामा वडा नम्बर ३ मा रहेको महाबिरी मन्दिरमा भदौ १७ गते पूजापाठ हुने एवम् झण्डी मेला समेत लाग्ने भएकोले गाउँपालिकाको अध्यक्ष स्तरीय निर्णयनुसार बिदा दिइएको जनाइएको छ।
उहाँका अमुसार सबै वडा कार्यालय, शैक्षिक संस्था तथा मातहतका अन्य कार्यालयहरुमा (स्वास्थ्यका आकास्मिक सेवा बाहेक) स्थानीय बिदाबाट मिलाउने गरी बिदा दिइएको छ ।गाउँपालिकाले आफ्नो सबै वडा कार्यालय, शैक्षिक संस्था र गाउँपालिका कार्यालयलाई उद्धृत गर्दै मंगलबार सूचना निकालेर स्थानीय बिदा दिएको जनाएको हो ।

Leave a Reply