आर.के.चौधरी

सखुवाप्रसौनी,पर्साको पटेर्वासुगौलीस्थित ईलाका प्रहरी कार्यालयले ८० किलो गाँजा नष्ट गरेको छ । विगत ७ महिनाको अवधिमा बरामद गरिएको गाँजा बिहीबार बिहान १० बजे कार्यलयको कम्पाउडभित्र आगो लगाएर नष्ट गरिएको ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिनुभयो ।स्थानीय समाजसेवी, जनप्रतिनिधि र पत्रकारहरुको रोहवरमा बरामद गरिएको गाँजा आगो लगाएर नष्ट गरिएको हो ।

Leave a Reply