बारा, १९ भाद्र/ बारामा रहेको अमृता अनाथ आश्रम कलैयामा खाधान्न समाग्री सहयोग गरीएको छ । नेपाल निजामती कर्मचारी युनियनको भाद्र १९ गते आइतबार स्थापना दिवसको अवसरमा नेपाल निजामती कर्मचारी युनियन बारा कार्य समितिले अमृता अनाथ आश्रम कलैयामा खाधान्न समाग्री सहयोग गरी कार्यक्रम मानाएको छ ।
कार्यक्रममा कर्मचारी युनियनका अध्याक्ष हरिओम प्रसादको अध्यक्षतामा गरिएको छ । विशिष्ठ अतिथिको रुपमा जिल्ला प्रसाशन कार्यालय पर्साका प्रशासकीय अधिकृत सुमित कुमार सिंहले मानव सेवामा समर्पित रहेका अनाथ आश्रमका संचालिकालाई ह्दय देखि धन्यवाद दिदैं कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष सकुन्तला चौधरी,कोषाध्यक्ष श्रीकेश प्रसाद यादव, सहसचिव विनोद पण्डित,सदस्य मनिष कुमार कलवार, प्रमोद कुशवाहा र त्रिभुवन यादव लगायत पदाधिकारीहरुको उपस्तिथी रहेको थियो ।

















