कलैया,बारा प्रहरीले सिम्रौनगढको एक घरमा छापा मारेर ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले शुक्रवार राती सिम्रौनगढ नगरपालिका– ९ नयाका टोलस्थित एक व्यक्तिको घरमा छापा मार्दा करिब १३८ किलो ७०० ग्राम गाँजा बरामद गरिएको हो ।स्रोतका अनुसार उक्त घरबाट गाँजासहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउ गरिएको महिलाको नाम भने गोप्य राखिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply