निजगढ,नेपाल तामाङ घेदुङ निजगढ नगरको तेश्रोे अधिवेशन शनिवार सम्पन्न भएको छ । निजगढ उद्योग वाणिज्य संघ सभाहलमा सम्पन्न अधिवेशनबाट शंकर थोकरको अध्यक्षमा १३ सदस्यीय नगर समिति चयन भएको हो ।नवनिर्वाचित समितिको उपाध्यक्षमा जीरीमाया बल, जीतबहादुर बल, सचिवमा कुमार मोक्तान, सहसचिवमा मनमाया लामा र कोषाध्यक्षमा मिनमाया लामा निर्वाचित भएका छन् । त्यस्तैगरी सदस्यहरुमा सुमित्र लामा, उमेश घलान, देव तामाङ्ग र धर्मराज भोलन भएका हुन । सिद्धार्थ लोप्चनको अध्यक्षतामा भएको अधिवेशनमा मधेस प्रदेशकी प्रदेस सभा सदस्य मिना लामाको अतिथ्यातामा भएको थियो । कार्यक्रमलाई प्रमुख अतिथि लमाले पानसमा दिप प्रज्वलन गरि अधिवेशनको उद्धाटन गर्नुभएको थियो ।त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि र अथितिहरुमा नेपाल तामाङ घेदुङकी केन्द्रीय सदस्य लक्ष्मीमाया बल, नेपाल तामाङ घेदुङ मधेस प्रदेश अध्यक्ष यमलाल बल, नेपाल तामाङ घेदुङ मधेस प्रदेश उपाध्यक्ष सुनमाया लोप्चन निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, नेपाल तामाङ घेदुङ बारा जिल्ला अध्यक्ष तथा निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान, नेकपा एमाले निजगढ नगर कमिटी सचिव तिलक घलान, निजगढ वडा नम्बर ८ का वडा अध्यक्ष सवर्ण लामा, सार्वजनिक मावि बागदेवका प्रधानाध्यापक हस्तबहादुर लामालगायतले तामाङ्ग घेदुङ्गको बारेमा मनत व्यक्त गरेका थिए ।त्यस्तै अतिथिहरुमा निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चन, निजगढ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोकुल तिमल्सिनालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि समाजसेवीहरुको सहभागीता रहेको थिए ।




















