वीरगञ्ज,वीरगन्जको आदर्शनगरस्थित लर्डस दियालो होटलको स्वीमिङ पुलमा डुबेर बुधबार एक बालकको भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका ११ का प्रमोद रौनियारका ९ वर्षीय छोरा बजरंगी रौनियार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक किशोर लम्सालका अनुसार बजरंगी नेपाल स्विमिङ एसोसिएसन पर्साले आयोजना गरेको १० दिने स्विमिङ प्रशिक्षणमा सहभागी थिए ।प्रशिक्षणका क्रममा अचेत भएपछि उनलाई तत्काल नारायणी अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।बालकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



















