दुई ठूला छिमेकी देशहरुले नेपालको भूभाग भनिएको लिम्पियाधुरा लगायतका स्थानहरुको बिषयमा आफ्नो मनमौजी गरेका छन् । उनीहरुले आफ्नो स्वार्थ अनुसारको काम गरेहका छन् । यसको नेपालमा सामान्य विरोध भएको छ ।
नेपालमा रहेका अधिकांश दलका नेताहरु कोही भारत परस्त त कोही चीन परस्त हुने गरेको आरोप लाग्ने गरेका कारण पनि भारत र चीनले हेप्दा नेपालको खासै प्रतिक्रिया दिन सकेको देखिदैन । त्यसो त नेपालले चाहेर पनि गर्नसक्ने अवस्था पनि त केही छैन ।

एक प्रकार्ले भन्ने हो भने नेपालले भारत र चीनलाई गुहार माग्ने नै हो यो पनि प्रधानमन्त्रीको लेवलबाट हुन आवश्यक छ । अहिले सीमाका विषयमा यो कुरा आइरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जांदै हुुनुुहु्न्छ । उहाँ भोलि चीन जांदै हुनुहुन्छ भने फेरि भारत पनि उहाँले जाने कुरा आएकै छ । मुख्य त केपी ओलीकै पालामा नेपालको चुच्चे नक्सा जारी भएकाले पनि अब ओलीले नै यो हिम्मत गर्नुपर्दछ ।

भारत त यो विषयमा अनविज्ञ छैन । चीन अनविज्ञ हुन पनि सक्छ । यसमा नेपालको तर्फबाट प्रधानमन्त्रीले चीनलाई कुरा बुझाउन सक्नुपर्दछ । यो कुरा राम्रोसंग उठाउने हिम्मत प्रधानमन्त्रीमा हुनुपर्दछ । अहिले उचित मौका पनि छ । यो मौका प्रधानमन्त्री ज्यूले गुमाउन चैं हुन्न है ।

 

Leave a Reply