गएको हप्ता नेपालभर विश्व मधुमेह दिवस मनाइयो । मधुमेह वा चिनी रोग नसर्ने रोग हो । तर यसका कारण नागरिकरुको अकालमा ज्यान गइरहेको छ । बेलामौकामा फैलने भाइरसका महामारीले छोटो समयमा धेरैको ज्यान लिने गरेको छ ।

कोरोना महामारी पनि यसको एउटा उदाहरण हो । यस्ता महामारी मानव जीवनमा धेरै फैलिए । तर, सुक्ष्मरूपमा मानव स्वास्थ्यमा प्रवेश गर्दै ज्यान लिने नसर्ने रोगको खतरा झनै बढ्दै गएको छ । सबै उमेरसमूहमा नसर्ने रोगको प्रकोप बढेको विभिन्न समयमा गरिएका अध्ययनले पुष्टिसमेत गरेका छन् ।

यो एउटा देशको मात्रै समस्या होइन, विश्व समुदायलाई चिन्तित पारेको विषय पनि हो । फेरिएको जीनवशैली र विषादीयुक्त खानाका कारण नसर्ने रोगको भयावह स्थिति सिर्जना भएको छ । स्वास्थ्य मन्त्रालयको एक तथ्यांकअनुसार नेपालमा बर्सेनी मृत्यु हुने संख्यामध्ये नसर्ने रोगका कारण ४२ प्रतिशत छन् । यो प्रतिशत बर्सेनी बढ्ने क्रममा छ ।

विशेषतः मुटु रोग, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी धेरै छन् । यो नै मृत्युको प्रमुख कारण बनिरहेको छ । पछिल्लो समय विश्वमा ठूलो संख्यामा देखिने अर्को रोग हो, मधुमेह । विश्वमा प्रति १० सेकेन्डमा तीन जना मधुमेहका नयाँ रोगी थपिने गरेका छन ।

बर्सेनी ५० लाख व्यक्तिले यसकै कारण ज्यान गुमाएको तथ्यांक छ । नसर्ने रोग भएकाले परिवार र समाजले पनि खासै यो विषयमा ध्यान दिँदैनन । स्वयं रोगी पनि आपूmलाई मात्र लागेको र नसर्ने भएकाले सर्ने रोग जति सचेत बनेको पाइँदैन । यस्तै लापरबाहीका कारण नसर्ने रोगले चाँडो ज्यानसमेत लिने गरेको स्वास्थ्य विज्ञ बताउँछन् ।

 

Leave a Reply