वीरगञ्ज,आफ्नै छोरीमाथि बलात्कार गरेको भिडियो खिचेर राख्ने एक जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफ्नै छोरीमाथि बलात्कार गरेर बाल यौन शोषण सामग्री (सीएसएएम) समेत आफ्नो जिमेल खाताको गुगल ड्राइभमा राख्ने व्यक्तिलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पर्सा प्रहरीका अनुसार राष्ट्रिय हराइरहेका तथा शोषित बालबालिका केन्द्र (एनसीएमईसी) बाट प्राप्त साइबर टिपलाइन प्रतिवेदनमार्फत साइबर ब्युरो काठमाडौँ भोटाहिटीमा सूचना आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
सो क्रममा क्रममा शङ्कास्पद व्यक्तिको मोबाइल नम्बरहरू (९८०५३७१४१०, ९७०४७५५०२६, ९८२७५४६६०१) र जिमेल खाता प्रयोग भएको पत्ता लागेको थियो ।

अनुसन्धान गर्दै जाँदा जिल्ला ३४ छपकैया (प) २०८१-०८२ (नाम थर परिवर्तन) ले आफ्नै छोरीलाई बाल यौन शोषण सामग्री देखाएर बलात्कार गरेको र उक्त घटनाको भिडियोसमेत गुगल ड्राइभमा सङ्ग्रह गरेको खुलासा भएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।

Leave a Reply