वीरगञ्ज,गुणस्तर तथा नापतौल कार्यालयका पूर्वअधिकृतविरुद्ध साढे चार करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।पर्साका तत्कालीन वरिष्ठ गुणस्तर अधिकृत शशीभूषण कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलवार विशेष अदालतमा साढे चार करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा चार करोड ४७ लाख ३४ हजार रुपैयाँ बिगो र त्यति नै जरिबाना तथा कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताउनुभयो ।सार्वजनिक पदमा रहँदा यादवले पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here