नेपाल प्राकृतिक हिसावले सम्पन्न मुलुक हो। नेपालमा के पाइदैन होला र ?प्राकृतिक रुपमा धनी मुलुक भएपनि नेपालीहरुले यसको उचित सदुपयोग गर्न अझै नसकेकै हो । हुनत हिजो हजुरवाको पालमा जंगलमा पाइने जडिबुटीबाट नै प्राण धानेको कुरा स्पष्ट नै छ । यसबाट पनि स्पष्ट हुन्छ भने जडिबुटी नै नेपालका लागि सबैभन्दा उत्तिम औषधी हो र थियो पनि ।
समय परिवर्तनसँगै जडिबूटी लोपको अवस्थामा पुगेका छन्। जंगलमा त जडिबूटीहरु छन् तर तिनीहरुको प्रयोग घरासयी जीवनमा आउन सकेको छैन । अहिले त जंगलमा नै जडिबूटीहरु त्यसै खेर गइरहेको पनि देखिन्छ । डाक्टरी औषधीको बढ्दो प्रयोगले पनि यस्ता खालका जडिबूटीहरु खेर गइरहेका छन् ।जडिबूटीहरुको उचित प्रयोगबाट पनि हामीलाई लाग्ने धेरै रोग निको बनाउन सकिन्छ ।
यसो हुन सकेन भनेपनि यसको ब्यापारिकणका लागि चासो दिन आवश्यक छ । तराईका जिल्लाहरुमा बल्ल जडबूटीको ब्यवसायिक खेती शुरु हुन थालेको छ । तराई मधेशमा पनि जडिबुटीहरु प्रचुर मात्रामा छन् । यिनीहरुको संरक्षण गर्न आवश्यक छ । जुन प्रकारले जडिबूटीको खेती भइरहेको छ,त्यसमा सरकारहरुले सहयोग गर्न आवश्यक छ ।