सिमरा,लायन्स क्लब अफ अमलेखगञ्जको वर्ष २०२४-२५ को अध्यक्षमा सुवास श्रेष्ठ चयन हनुभएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष समेत रहेका श्रेष्ठलाई क्लबको अध्यक्ष चयन गरिएको हो । श्रेष्ठ वर्ष २०२३-२४ को प्रथम उपाध्यक्ष समेत रहेका हुनुहुन्थ्यो । शिक्षण पेशा हुँदै जनप्रतिनिधिमा निर्वाचित श्रेष्ठ लायन्स क्लबमार्फत सामाजिक सेवामा समेत सक्रिय हुुनुहुन्छ ।

यसैगरी क्लबको प्रथम उपाध्यक्षमा मान्वेन्द्रप्रसाद चित्रकार, सचिवमा नरेशकुमार मगर र कोषाध्यक्षमा रोहित साह चयन भएका छन् । यस्तै क्लबका संस्थापक अध्यक्ष चुडामणी खरेल (कपिल)लाई एरिया को–चिफ र वर्ष २०२३-२४ का अध्यक्ष विनय साहलाई जोन चेयरपर्सन चयन गरिएको छ ।लायन्स डिष्ट्रिक्ट ३२५ एस की वर्ष २०२४-२५ की डिष्ट्रिक्ट गभर्नर टासी डोल्मा तुम्बाहाम्फेले खरेललाई एरिया को–चिफ र साहलाई जोन चेयरपर्सन चयन गर्नुभएको हो ।
नवनिर्वाचित पदाधिकारीले सन् २०२४ को जुलाई १ तारिखदेखि कार्यभार सम्हाल्नेछन् । वर्तमान पदाधिकारीको कार्यकाल जुन अन्तिममा समाप्त हुनेछ ।

Leave a Reply