वीरगञ्ज,पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले जिल्लावासीको शान्ति सुरक्षा तथा अमनचैन कायम राख्न आपूmले कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै आर्थिक नगरीको रुपमा रहेको वीरगञ्जको महत्व र उपादेयतालाई मध्यनजर गर्दै यस क्षेत्रको उद्योग, व्यापारको विकास र प्रबद्र्धनको क्षेत्रमा आफ्नो सक्रिय भूमिका रहने बताउनुभयो । उहाँले नगरको शान्ति सुरक्षा कायम राख्न आवश्यक प्रबन्ध मिलाउने पनि बताउनुभयो ।कार्यक्रममा प्रजिअ भुषालले पर्सा जिल्लामा सरकारी कार्यालयहरुबाट प्रदान गरिने सेवाहरुमा सुशासनको प्रबद्र्धन गर्ने र सीमावर्र्तीलगायतका क्षेत्रहरुमा गैरकानुनी आर्थिक क्रियाकलापको नियन्त्रण गर्ने उहाँको भनाई थियो । उहाँले विकास निर्माणको कार्यमा भइरहेको ढिलासुस्तिको अन्त्य गरेर विकास निर्माणको काम तीव्रतर रुपमा अघिबढाउन सम्बद्ध पक्षलाई निर्देशन दिने पनि बताउनुभयो ।वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले वीरगञ्ज लगायतका क्षेत्रमा कायम रहेको शान्ति सु्व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने, सीमा सुरक्षा सम्बन्धी बैठक नियमित रुपमा हुनुपर्ने बताउँदै वीरगञ्जमा सिसिटिभी परियोजनाको लागि बजेट विनियोजनको लागि प्रजिअ भुषालसँग आग्रह गर्नुभयो ।कार्यक्रममा वीउवासङ्घका निमित्त अध्यक्ष तथा नेउवामहासङ्घका कार्यकारिणी सदस्य डा. सुबोधकुमार गुप्ताले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महत्व र बोकेको अपार सम्भावनाको चर्चा गर्दै यस क्षेत्रको चुनौति तथा उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्याहरु बारे प्रकाश पार्नु भएको थियो ।कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षद्वय माधव राजपाल र मनोजकुमार दास, पूर्वअध्यक्ष अशोककुमार वैध, निमित्त अध्यक्ष डा. सुबोधकुमार गुप्ता, महासचिव आशिषकुमार लाठ, सचिवद्वय प्रेमचन्द्र गोयल र सुशान्त चाचान लगायतको उपस्थिति रहेको थियो ।



















