कलैया,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित सिसहनिया चौकमा दुर्गा पुजाको लागि शनिवार भएको भेलाले दुर्गा पूजा समिति गठन भएको छ ।
स्थानीय समाजसेवी कपिलदेव प्रसाद यादवको अध्यक्षतामा ३१ सदस्यीय दुर्गा पूजा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा सन्जय साह, सचिव अशोक यादव, सहसचिव मुन्ना गुप्ता, कोषाअध्यक्ष रामदेव पटेल र सदस्यहरुमा मन्जय पटेल, मुना केशरी, सहजनाथ पटेल, रामप्रसाद यादव र सरोज यादव लगायत ३१ जना रहेका छन ।
सिसहनिया चोकमा आगामी असोज १० देखि असोज १९ गतेसम्म हुने दुर्गा पूजालाई व्यवस्थापन गर्नका लागि समिति गठन गरिएको समितिका अध्यक्ष यादवले जानकारी गराउनुभयो । सो स्थानमा हरेका वर्ष बिगत एक दशकदेखि दुर्गा माताको पूजा हुदै आएको छ । उक्त पूजाको आचार्यमा प. धर्मेन्द्र तिवारी रहेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
पूजामा विभिन्न किसिमका धार्मिक आस्थासंग जोडिएका मनोरञ्जनात्मक कार्यक्रमसमेत संचालन गरिने अध्यक्ष यादवले जानकारी गराउनुभएको छ ।