दिपेन्द्र जÞयसवाल
गन्जभवानीपुर,बाराको विश्रामपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुनिल केशरीले मंगलवार पद बहाली गर्नुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उहाँको विश्रामपुरमा साउन १६ गते सरुवा गरेको थियो।
मन्त्रालयमै कार्यरत केशरीको विश्रामपुर गाउँपालिकामा सरुवा भएको हो । उहाँलाई गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो सहित जनप्रतिनिधि, कर्मचारीहरुले स्वागत गरेका थिए ।त्यस्तै मन्त्रालयले विश्रामपुर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको भने फेटा गाउँपालिकामा सरुवा गरेको छ।केशरीले यसअघि बाराको जिल्ला निर्वाचन कार्यालयसहित विभिन्न पालिकामा रहेर काम गरिसक्नुभएको छ ।


















