बसन्त लामा
सिंगौल,निजगढको सिंगौलसंग सीमा जोडिएको चन्द्रपुर नगरपालिकाका फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिहरु स्थानीय लामो समयदेखि सरकारी सुविधाबाट बन्चित हुदै आएका छन ।चन्द्रपुर नगरपालिकाका वडा नम्बर ३ भोलनटारका फरक क्षमता भएकाले स्थानीयहरु विगत ४ वर्षदेखि सरकारी सुविधाबाट बञ्चित छन् । भोलनटार निबासी होमबहादुर मोक्तान विगत ४ वर्षदेखि सरकारले शारिरिक अपाङ्गता भएकालाई दिँदै आएको सेवा सुविधाबाट बञ्चित रहँदै आउनुभएको छ । ६० वर्षका मोक्तान ४ वर्ष अघि आफ्नै घरको चोटाबाट खसेर अपाङ्ग बन्नु भएको थियो । कतैबाट सेवा सुबिधा प्राप्त गर्न नसकेपछि छोरीले ऋण गरेर किनिदिएको ह्वील चियरको भरमा कष्टकर जीवन बिताउन बाध्य भइरहेको मोक्तान बताउँनुहुन्छ । आफू अपाङ्गताको सूचीमा नपर्ने भन्दै नगरपालिका पन्छिने गरेको पीडित मोक्तानको गुनासो छ ।विगत ७ वर्षदेखि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा आबद्ध रहेको दाबी गर्ने मोक्तान सरकारी नियम अनुसार प्राप्त गर्नुपर्ने अपाङ्गताको सेवा सुविधाबाट बञ्चित हुँदा मर्कामा परेको बताउँनुहुन्छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ मा स्थानीय सरकार र मधेस प्रदेश सभा सदस्यमा पनि माओवादी केन्द्रबाटै विजयी छन् ।चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ को भोलनटार जंगलको बीचमा रहेकोले पनि बस्तिका फरक क्षमता भएका व्यक्तिहरु सरकारी सुबिधाबाट बञ्चित हुनु परेको उनीहरुको गुनासो छ । सो स्थानमा सरकारी सेवा सुविधा दलीय हिसाबले मात्र वितरण हुने भएकाले बोल्न नसक्ने र पहुँच नभएकाले व्यक्तिहरु सरकारी सेवा सुविधाबाट बञ्चित भइरहेको पीडित मोक्तानको भनाइ छ ।



















