कलैया,बारामा गहुँखेती गरिँदै आएको क्षेत्रफलमा वृद्धि भएको छ । बारामा गतवर्षको तुलनामा यस वर्ष २०० हेक्टर बढी क्षेत्रफलमा गहुँखेती गरिएको कृषि ज्ञान केन्द्र बाराले बताएको छ ।

गतवर्ष बारामा २९ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकोमा यो वर्ष २९ हजार ७०० हेक्टर क्षेत्रफलमा गरिएको हो । बारामा यस वर्ष किसानले भृकुटी, विजय, आदित्य नेपाल ९७१ र डब्ल्यू १४०४ जातका गहुँ लगाएको कृषि ज्ञान केन्द्र बाराका कृषि विज्ञ गेनालाल मण्डलले जानकारी दिनुभयो ।

बारामा गत वर्ष प्रतिहेक्टर २ दशमलव ८ प्रतिशतले ८२ हजार ६०० मेट्रिक टन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here