नवीन चौधरी

कोल्हबी,जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर १ मा राष्ट्रिय युवा संघ नेपालको वडा भेला शनिवार सम्पन्न भएको छ ।

युवा नेता हितलाल चौधरीको अध्यक्षतामा भएको सो भेलामा सयौं युवाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी सदस्य एवं कोल्हवी नगर संयोजक पृथ्वीराज शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथि एमालेका जिल्ला कमिटी सदस्य गोविन्द पौडेल, राष्ट्रिय युवा संघ नेपालका कोल्हबी नगर अध्यक्ष नन्देश्वर चौधरी, एमाले नगर कमिटी सदस्य जयसिंह चौधरी, कृष्ण ढकाल, वडा नम्बर १० का वडा सदस्य रंजित चौधरी, युवा नेता एवं समाजसेवी बिरेन्द्र पनुहर, कोल्हबी नगरपालिका वडा नम्बर ३, ४, ६, १० र ११ का राष्ट्रिय युवा संघका वडा अध्यक्षहरु बिरेन्द्र चौधरी, संतोष थपलिया, संजय चौधरी, कमलबाबु चौधरी एवं बिनोद चौधरीको उपस्थिति रहेको थियो ।

भेलामा राष्ट्रिय युवा संघ नेपाल कोल्हबी नगर अध्यक्ष नन्देश्वर चौधरीले अब युवाको सुत्ने समय नभइ राजनीतिमा लागेर समाजमा परिवर्तन गर्न अग्रसर हुने समय भएको र आफ्नो सुनौलो भविष्यको रेखा कोर्न तत्पर हुनु पर्ने बेला रहेको बताउनु भएको थियो । असल नितिको पालना गरि असल समाजको निर्माणमा युवाको भुमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

त्यसैगरी युवा शक्तिको जोस जाँगरमा नै संसारमा ठूलाठूला क्रान्ति भएको र कोल्हबीका युवाहरुले पनि सृजनात्मक कार्य गरेर समाजको मुहार परिवर्तन गर्न जिल्ला कमिटी सदस्य गोविन्द पौडेलले अपिल गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले अबको राजनैतिक अभिभारा युवाले लिनु पर्ने समय भएकोले युवाहरु खुलेर राजनीतिमा लाग्नु पर्ने जिकिर गर्नुभयो ।

भेलाले रामदेव चौधरीको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी समेत गठन भएको छ । कमिटीको उपाध्यक्षमा ज्ञानेन्द्र चौधरी, सचिवमा बुधन चौधरी, सहसचिवमा सुबोध चौधरी, कोषाध्यक्षमा महालक्ष्मी पनुहर चुनिनुभएको छ । त्यसैगरी सदस्यहरुमा साजन चौधरी, सिताराम चौधरी, सुनिल चौधरी, सिकेन्द्र चौधरी, रमेश चौधरी, राकेश मुखिया, राजु बि.क., लालबाबु चौधरी, निराजन चौधरी, अरविन्द चौधरी लगायत चयन हुनुभएको छ । कार्यक्रमको संचालन र सहजीकरण बुधन चौधरीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here