राजन कुमार बानिया
पोखरिया – पर्साको पकाहा मैनपुर गाउँपालिकाले प्रभावकारी ढंगले राहत वितरण गरिएको स्थानीयहरु हर्षित भएका छन् । बिश्वब्यापी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसको संक्रमणबाट जनतालाई जोगाउन नेपालमा लगाईएको लकडाउनले दैनिकी मजदुरी गरि खानेहरुलाई आर्थिक अवस्था दिनप्रतिदिन दलित, गरिव ,अतिबिपन्न परिवारहरुलाई खान समस्या परेपछि गाउँपालिकाले राहत वितरण गरेको गाउँपालिकाका अध्यक्ष विजय चौरसियाले जनाएका छन् ।
अध्यक्ष चौरसियाले राहत वितरणको नेतृत्व आफै लिएर विभिन्न वडाका अध्यक्ष मार्फत वितरण गर्नलगाए पछि वितरण कार्य प्रभावकारी भएको स्थानीयहरुले बताएका छन् । अध्यक्ष चौरसियाले गाउँपालिकामा कोहि भोकै नरहोस् भन्ने अठोट लिएर राहत वितरण सुरु गरेका छन् । गाउँपालिकामा रहेको ५ वटा वडा पकहामैनपुर, धोरे, सुर्जाहा, सबैठवा र लहावरथकरी लगायतमा करिब ४ हजार घर परिवारमा राहत बितरण गरिएको अध्यक्ष चौरसियाले जनाएका छन् ।
राहत वितरणका लागि उनले गाउँपालिकाको विशेष सभाबाट ८० लाख रुपैया बजेट समेत विनियोजन गर्न लगाएका थिए । प्रारम्भिक राहत वितरणका लागि ४० लाख बराबरको सामग्री खरिद गरीए पनि केही स्थानीयलाई राहत अपुग भएपछि अध्यक्ष चौरसियाको निर्देशनमा पुन: ९ लाख बराबरको राहत सामग्री खरिद गर्न गाउँपालिकाले एक पत्र जारि गर्दै जानकारी गराएको छ । बिहिबार गाउँपालिकाको सभा हलमा बसेको बैठकले थप ९ लाख रुपैयाको राहत सामग्री खरिद गर्ने निर्णय गरेको छ ।
गाउँपालिका कार्यालयले बाकि रहेका व्यक्तिहरुको विवरण संकलन गरि राहती वितरण गरिने पत्र मार्फत जानकारी गराएको छ । गाउँपालिकाको बैठकमा उपाध्यक्ष कुस्मी देवीले केहि दिन अगाडी निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश प्रसाद सिंहमाथि हातपात गरेको भनेर दिएको अभिव्यक्ति निराधार भएको प्रमाणित भएपछी उनलाई गल्ति सच्याउन आग्रह समेत गरिएको थियो । बैठकमा उपाध्यक्ष कुशुमी देबी रहेपनी कुनै बैठकको माईनेटिंगमा सही छाप नगर्ने अध्यक्ष चौरसियाले बताए ।
सबै बैठकमा सहमती जनाउने र बैठकको रजिस्टरमा साईन नगर्ने गरेको बताए । बिहिबारको बैठकमा गाउँपालिका अध्यक्ष बिजय चौरसिया , उपाध्यक्ष कुशमी देबी , प्रमुख प्रसाशकिय अधिकृत महेश प्रसाद सिंह, वडा अधयक्ष मदन साह, अमिका सहनी, ढेडी प्रसाद यादव, लखमन पटेल, बृजमोहन पाण्डे कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।