सरकारले मंगलबार आजबाट लागू हुने गरी मुलुकभर लक डाउन गरेको छ । लकडाउन भनेको घरबाट बाहिर निस्कनका लागि प्रतिबन्ध हो । यो एक प्रकारको कफयू नै हो । बिश्वब्यापी रुपमा फैलिएको कोरोना कारण बिश्व नै आक्रन्त भएका कारण र नेपालमा पनि यो भाइरसका बिरामीहरु देखिन थालेका कारण सबैले सर्तकता अपनाउन आवश्यक देखिएको छ ।
उच्च सतर्कताका लागि नै सरकारले यो कदम चालेको हो जुन एकदमै आवश्यक पनि छ । नेपालमा यदी कोरोना भाइरस भित्रि हाल्यो भने कोही पनि सुरक्षित हुने छैन र देशले धान्न सक्ने अवस्था पनि रहदैन । त्यसैले रोग भित्रन नदिनका लागि र भित्रिएका बिरामीहरुको उपचारका लागि पनि सरकारको कदम ठीक छ ।
अब नागरिकहरुले पनि साथ दिन आवश्यक छ । नागरिकहरुले सरकारले हाम्रै सुरक्षाका लागि नीति बनाएको हो भनेर बुझनु पर्दछ । नागरिकहरुकै सुरक्षाका लागि नै सरकारले नीति बनाएको हो । यसको कार्यान्वयन पनि हुन आवश्यक छ अनि मात्रै हामी नेपाली सुरक्षित हुनेछौं ।