राजन कुमार बानिया
पोखरिया,पर्सा निर्वाचन क्षेत्र नम्बर– ४ अन्तर्गत पर्ने धोबीनी गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा) द्वारा आयोजित घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
युवाहरू तथा स्थानीय जनमानसको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त जसपा नेपालका कार्यकर्ताहरुले ‘अबको परिवर्तन युवाको नेतृत्व’ नारा गुञ्जाएका थिए ।

घरदैलो कार्यक्रमले क्षेत्रीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको बताइएको छ ।
घरदैलो अभियानका क्रममा जसपा नेपाल पर्सा– ४ तर्फबाट प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार डा. कृपासिन्धु प्रसाद चौधरीले ‘अबको परिवर्तन युवाको नेतृत्व’ भन्ने चुनावी नारासहित जसपा नेपालका नेता–कार्यकर्तासँगै स्थानीय बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो । कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो, जसले परिवर्तन र नयाँ राजनीतिक संस्कृतिप्रति जनचासो बढ्दै गएको संकेत गरेको सहभागीहरूको भनाई छ ।
कार्यक्रममा जसपा नेपालका प्रतिनिधिहरूले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना तथा युवामैत्री नीति पार्टीको मुख्य एजेन्डा रहेको उल्लेख गरेका थिए । साथै स्थानीय समस्याको पहिचान गर्दै तिनको समाधानका लागि संसददेखि सडकसम्म आवाज उठाइने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो ।जसपा नेपालले आगामी दिनहरूमा पर्सा– ४ का अन्य क्षेत्रमा समेत घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

घरदैलो कार्यक्रममा धोबीनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान, वडा अध्यक्ष देवेन्द्र प्रसाद कुर्मी, दिपक सराफलगायत विभिन्न तहका पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

Leave a Reply