वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रमा दुईसयभन्दा बढी साना ठूला उद्योगहरु रहेका छन् । यी सबै उद्योगहरुले मापदण्डको पालना पूर्ण रुपमा नगरेका पनि होलान् तर सबै उद्योग खराब पनि छैनन् र उनीहरुले वातावरणीय मापदण्डहरु केहीहदसम्म भएपनि पूरा गरेको पनि अनुगमनका क्रममा भेटिएको भनेर बाराका राजनीतिक दलहरुले नै बताउने गरेका छन् ।

यी क्षेत्रमा रहेका उद्योगहरुले मुलुकको आर्थिक समृद्धिका लागि टेवा पनि दिइरहेका छन् । रोजगारीको पनि जातावरण सृजना गरेका छन् । यही उद्योग भएकाले धेरैको जिविका पनि चलेको छ ।तर,यसो भन्दैमा बद्मासी गर्न चैं मिल्दैन । बाराको सिमरामा रहेको जगदम्बा उद्योगका सवालमा भने धेरै कुरा उठ्ने गर्दछ । घना बस्तीकै बीचमा रहेको यो उद्योगमा मानवीय समेत क्षति हुने गरेको छ । भौतिक क्षति त पटक पटक भइरहेको छ नै साथमा मानवीय क्षति पनि भइरहेको छ । यस्ता क्षति न्यूनीकरणका लागि यो उद्योगले ख्याल गरेको देखिदैन ।

पछिल्लो समय यो उद्योगको भट्टी नै बिस्फोट भएपछि भने सिमरा क्षेत्रमा थप समस्या सृजना भएको छ । यो उद्योगका विषयमा थप बहस पनि शुरु भएको छ । बाराको जीतपुरसिमरा क्षेत्रका राजनीतिक दलहरुले यसको भभ्टी बन्द गर्न माग गरेका छन् । अब यो स्थानीयहरुको आवाज पनि भयो ।यो आवाजको संबोधन हुनुपर्दछ । किन पटक पटक जगदम्बामा मात्रै समस्या बढी हुने गरेको छ । यसको जवाफ आवश्यक छ र अब त्यहाँ भौतिक र मानवीय क्षति फेरि नहोस् भन्नका लागि नीति बनाउन पनि आवश्यक छ ।

 

Leave a Reply