वीरगन्ज,पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८०-०८१ मा झण्डै ५७ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । पर्सा जिल्ला अदालत प्रशासनले बुधवार पत्रकार सम्मेलन गरी आफ्नो वार्षिक प्रगति तथ्यांक सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा अदालतका मुख्य न्यायाधीश दीपक खनालले अदालतमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका ६ हजार ८ सय ६५, गत आर्थिक वर्षमा नयाँ दर्ता भएका ७ हजार ३ सय १ गरी कूल १४ हजार १ सय ६६ मुद्दामध्ये ८ हजार ७४ मुद्दाको फस्र्योट गर्न सफलता मिलेको बताउनुभयो ।

अदालतमा गत आर्थिक वर्षमा २०७७ साउन १ अघि फरक मुद्दा व्यवस्थापन प्रणाली लागु हुनु अघिका २ सय ९८ मुद्दा फस्र्योट गरिएको पनि खनालले जानकारी दिनुभयो ।न्यायाधीश खनालले १हजार ४२, अन्य न्यायाधीशहरु ध्रुवराज त्रिपाठीले १ हजार २०, रोशन गजुरेलले ५ सय, नन्दकिशोर प्रसाद यादवले ४ सय ६०, प्रमेश पोखरेलले २ सय १८, आनन्द प्रसाद श्रेष्ठले ३ सय ८६, पुरुषोत्तम नेपालले ९ सय १९, मोना सिंहले ६ सय ५५, मुकुन्द आचार्यले १ सय २७ तथा सरुवा भएका न्यायाधीशहरुले २ हजार ७ सय ४७ मुद्दा फस्र्योट गर्नुभएको छ ।

तुलनात्मक रुपमा हेर्दा गत आर्थिक वर्षमा ५ वर्ष यता सबैभन्दा बढी मुद्दा फस्र्योट भएको मुख्य न्यायाधीश खनालले दाबी गर्नुभयो । उहाँकाअनुसार आर्थिक वर्ष २०७६÷०७७ मा ४० दशमलव २,०७७-०७८ मा ४० दशमलव ४४,०७८÷०७९ मा ४६ दशमलव ०६,०७९-०८० मा ४७ दशमलव ६४ र गत आर्थिक वर्ष २०८०-८१ मा ५६ दशमलव ९९ प्रतिशत मुद्दा फस्र्योट भएको छ ।मुद्दागत रुपमा हेर्दा गत आर्थिक वर्षमा घरेलु हिंसाका ७८, सम्बन्ध बिच्छेदका २ सय ६६, माना चामलका ६०, जबरजस्ती करणीका १ सय ७८, जबरजस्ती करणी उद्योगका १, मानव बेचबिखनका ३, नाता कायमका २०, बालबालिकाका २६ मुद्दा फस्र्योट भएको खनालले बताउनुभयो ।सीमित जनशक्तिकाबीच पनि मुद्दा फस्र्योट गर्न सक्दो तदारुकता देखाउँदा गत आर्थिक वर्षमा अन्य आर्थिक वर्षको तुलनामा बढी मुद्दा फस्र्योट गर्न सफलता मिलेको उहाँको भनाई छ ।

Leave a Reply