निजगढ,नेपाल विद्युत् प्राधिकरणद्वारा निलम्बनमा परेका निजगढ नगरपालिका वडा नम्बर ९ घर भएका कर्मचारी (सहायक इन्जिनियर) दिनेश शिवाकोटीले न्याय नपाए आत्मदाह गर्ने चेतावनी दिनुभएको छ ।गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गर्दै लेखेको पत्र सामाजिक सञ्जाल फेसबुकमा आइतवार सार्वजनिक गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । हस्त लिखित पत्रमा शिवाकोटीले आफ्नो जीवन रक्षाको माग गर्दै ७ दिनभित्र सुशासनको प्रत्याभूति नभए प्राधिकरण परिसरभित्रै आत्मदाह गर्ने चेतावनी दिनुभएको हो ।

पत्रको बोधार्थ ऊर्जा मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयलाई समेत पठाइएको शिवाकोटीले उल्लेख गर्नुभएको छ । उहाँले २४ फागुनमा राष्ट्रपतिलाई समेत पत्र लेखेर विभिन्न माग राखेको पत्रमा उल्लेख गर्नुभएको छ । यद्यपि शिवाकोटीले राष्ट्रपतिलाई के लेख्नुभएको भन्ने बारेमा भने खुलाउनुभएको छैन ।यसअघि नेविप्रा कर्मचारी सेवा, शर्त नियमावली २०७५ (संशोधनसहित) विपरीतको गतिविधि गरेको भन्दै सहायक इन्जिनियर शिवाकोटीलाई प्राधिकरणले २३ फागुनदेखि लागु हुने गरी ६० दिनका लागि सेवाबाट निलम्बन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here