अन्ततः सरकारले, सरकारकै बिरोधमा बावजुद अमेरिकी सहयोग परियोजना आइतबार सदनमा पेश गरेको छ । सरकारको बिरोधमा बावजुद किन भनियो भने सरकारमा नेपाली काँग्रेस मात्रै छैन । अन्य दुई प्रमुख दल माओवादी र एकीकृत समाजवादीको बिरोधकाबीच पनि सरकारले एमसिसी सदनमा पेस गरेको छ । खासगरी काँग्रेसको बलका कारण एमसिसी सदनमा पेस भएको छ ।
अब कुरा गरौं, एमसिसीको । एमसिसी एक परियोजना हो तर यसका पछाडि धेरै शंका गर्ने ठाउँ भएकाले नागरिक स्तरबाट बिरोध हुँदा हुदै सरकारले सदनमा पेस गर्नुलाई पनि शंकाको नजरले हेर्नु पर्दछ । वास्तवमा नेपाली काँग्रेसको सकृयता किन यत्ति धेरै भन्ने प्रश्न पनि तेर्सिएको छ । त्यसैले पनि एमसिसी झने पेचिलो बन्दैछ ।
उसो त अमेरिकाले पनि पटक पटक धम्की दिने गरेकाले पनि बिभिन्न आशंकाहरु उत्पन्न भएका छन् । सरकराले यस्ता आशंकाहरु हटाउन सकेको छैन । सडकमा नागरिकहरु बिरोध प्रदर्शनका क्रममा छन् । उनीहरुले बिरोध गरिरहेका छन् । नागरिकहरुलाई कुरा नबुझाइकन जवरजस्ती गरिने बिकास आयोजनाले कसलाई फाइदा पु्याउला र ?